आजका व्यंग्यात्मक चुट्किलाहरु

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहीबार ०८:०२

सुरेश ट्राफिक प्रहरीमा जागिर खान अन्तर्वार्ता दिन गएपछी….

अन्तर्वार्ताकार : ‘सुरेश, एउटा मानिस हेल्मेट नलगाई गधामा सवार गरिरहेको देख्नु भयो भने के कारबाही गर्नुहुन्छ ?’

सुरेश : ‘उसलाई कारबाही गर्ने मिल्दैन सर !’

अन्तर्वार्ताकार : ‘किन कारबाही नगर्ने ?’

सुरेश : ‘ हेल्मेट दुई पाङ्ग्रेलाई सवारीमा मात्र अनिवार्य छ, सर !’
———————————————————————–

नव विवाहित पति – पत्नीबीच सल्लाह हुँदैगर्दा…..

पत्नी : ‘सुन्नु न , हजुर र म एउटा खेल खेल्ने है !’

पति : ‘हुन्छ, तर कस्तो खेल हो ?’

पत्नी : लुकामारी, म लुक्छु, हजुरले मलाई खोज्नु पर्छ ।
मलाई भेट्नु भयो भने सपिङ्ग गर्न लैजानु पर्छ है !

पति : ‘हुन्छ, यदि भेटिन भने नि ?’

पत्नी : ‘त्यसो नभन्नु न हजुर, म मुलढोका पछाडी लुकेकी हुन्छु क्या !’

———————————————————————–

रोहन : ‘श्याम, तिम्रो सबै भन्दा ठुलो अवगुण के हो ?’

श्याम : ‘घरमा पस्नासाथ मुसो बन्नु !’

रोहन : ‘अनि सबभन्दा ठुलो गुण चाहीं ?’

श्याम : ‘गाउँमा निस्कियो कि ढाडे !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com