मन्त्रीको विवाह रद्द गरिदिने पि ए ! – आजका चुट्किलाहरु

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार १०:११

समिर : ए सुजन, तिमी किन मलाई मुर्ख भन्दै गाउँघर घुम्ने गर्छौ हँ ?

सुजन : म मुर्खालाई के थाहा त ! तिमीलाई मुर्ख देखेपनी गाउँलेलाई सुनाउँनु हुन्न भनेर !

——————————————————————————-
शीला : ( तीलासंग ) ‘हेर न यार, मैले त सबै साथीहरुलाई बिर्सिएँ छु, एउटा हिन्दी सिनेमा हेरेपछी सम्झिएँ ।

तीला : ‘आहा ! त्यो कुन सिनेमा हो र ?’

शीला : फिल्म थियो – ‘दोस्त हो तो ऐसा कमिना !’
————————————————————–

मन्त्रीजीले आफ्नो विवाहको तिथिमिती तय गरेर सहयोगीलाई भने – अनुज जी, एक महिनाका मेरा सबै कार्यक्रम रद्द गर्नुस । अँ अर्को कुरा मलाई भेट्न आउने सबैलाई भंनिदिनुस – यो महिनाका सबै कार्यक्रम रद्द गरिएका भनेर ।

सहयोगी : हस हजुर, म सबै गर्छु ।

मन्त्री : (दोश्रोदिन) कार्यक्रम रद्द गर्दा कुनै समस्या त भएन नि ?

सहयोगी : खासै समस्या त भएन हजुर, एउटी महिला आएर दुइ घन्टासम्म गिडगिडाइन् । उनि भन्दै थिइन् – २४ गते हजुरसंग उनको विवाह हुँदै छ भनेर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com