करिश्माले किन गरिन् ,होली कार्यक्रम रद्ध ?

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलवार ०९:३२

गाँजा बेचेर नेपाललाई समृद्ध बनाउन सकिन्छ : सांसद
स्वागतयोग्य बाँझोबारी भर्ने कुरा, समाजले सोच्ला गँजडी बढ्ने कुरा !

पुरुषहरूले उभिएर पिसाब फेर्नु ठीक कि बसेर
उभिएर गर्दा चारतिर छरिनें, बसेर गर्दा गलेरै मरिने !

ठुला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
पैसा पनि जोगिनें, ज्यान पनि नरोगिने राम्रै कुरा ।

प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : वर्गसंघर्षको कुरा चित्त बुझेन, आबेशमा जुत्ता हानें !
कुरा यस्तो रहेछ, कुराले चिउरा नभिजेको झोकमा अलिकति पानी मागेको रहेछ !

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘म अलप हुन्न’
मृत्युलाई मुट्ठीमा पोको पार्ने छाती भएका हाम्रा प्रधानमन्त्री।

म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला
अर्थात, उमेद्वारी दर्ता समय सकिएपछी मात्र भन्नुस् !

बजारका बोतलको पानी स्वास्थमा हानी ?
जान्दा जान्दै खाइदिन्छौं, हामी नै बेइमानी !

एकाएक करिश्माले रद्ध किन गरिन् होली कार्यक्रम ?
कोरोनाले होलीको मौकामा ‘भोली’ खोस्ला भन्ने डरले हुन सक्छ !

तस्विर साभार : सामाजिक संजालबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com