उकुश र मुकुशका गफ ! – आजका दुइ चुट्किलाहरु

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार ०८:४४

एक कक्षामा पढ्ने उकुस र मुकुस गफ गर्दै स्कुल जाँदै गर्दा…

उकुश : ‘मुकुस तिमीलाई बाटो काट्दा कतिको डर लाग्छ ?’

मुकुश : ‘खासै डर लाग्दैन । अनि तिमीलाई नि ?’

उकुश : ‘मलाई त केही डर लाग्दैन । तर मेरो बाबा भने खुव डरपोक हुनुहुन्छ !’

मुकुश : ‘तिमीले कसरी थाहा पायौ ?’

उकुश : ‘मलाई स्कुल पठाउँदा सडक पार गर्नु पर्यो कि मेरो औंलो समाएर हिंड़नु हुन्छ ! !’

——————————————————————————————-

उकुश र मुकुश एकअर्कालाई खुव गफ दिने गर्दथे । गफै गफमा एकदिन…..

उकुश : ‘मुकुश तिमीलाई थाहा छ ? मेरो बाबा त यति होसियार हुनुहुन्छ कि, एउटा काँटी झिकेर सलाई पारिसकेपछी बट्टाभित्र कति काँटी बाँकी रहे भनेर गन्नु हुन्छ ।’

मुकुश : ‘ए, मेरो बाबा त झन् होसियार हुनुहुन्छ । कुन कुन बल्दैनन् भनेर सबै काँटी एक एक गर्दै जलाएर हेर्हू हुन्छ !’

 

फोटो साभार : सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com