आजका हास्य चुट्किलाहरु

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार ०९:४६

समिर : ‘ अमिर,तिम्रो बाबा के गर्नु हुन्छ ?’

अमिर : ‘मेरा बाबाले दुनियालाई खुशी बाँड्नु हुन्छ ।’

समिर : ‘मतलव, कसरी ?’

अमिर : ‘मतलव, मेरो बाबा हुलाकी हो, घर घरमा चिठी बाँड्नु हुन्छ !’
———————————————————————-
रामु र श्यामु म:म पसलमा गैर म:म खान थालेपछी

शामु : ( म:म बाट पिठोको खोला निकाल्दै मासुमात्र खाँदै ) म:म मिठो रहेछ !

रामु : ‘तैंले किन बोक्रो फालेर मासु मासुमात्र खाएको हँ ?’

श्यामु : म अलि बिरामी छु । डाक्टरले बाहिरको नखानु भनेकोले बाहिरको फालेको भित्रको खाएको !’
————————————————————-
रोहन : (वकिलसँग) ‘मलाई डिभोर्स चाहियो ।’

वकिल : ‘किन यस्तो गर्ने निर्णय गर्नुभयो ?’

रोहन : ‘मेरी पत्नी म संग बोल्दै बोल्दिनन् !’

वकिल : ‘रोहन जी, अजै राम्ररी सोच्नुस, यस्ता पत्नी सबैलाई मिल्दैनन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com