आजका हेडलाईन ह्युमर : त्रास होईन आश बाँडौं

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहीबार २१:३२

भेनेजुयलाका राष्ट्रपतिले महिलालाई भने- ‘देशका लागि छ वटा बच्चा जन्माउनुस् ।’
महिलाहरु कुर्लिए – ‘राष्ट्रपतिज्यू, एउटा हातले मात्र ताली बज्दैन, हाम्लाईमात्र गाली नगर्नुस !’

लागूऔषध तस्करका अनेक काइदा : फूलकोपीबाट ब्राउन सुगर बरामद
चोरका चार दाउ भनेको यहि हो ।

प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल रोज्नुका चार कारण
जनताको ताली खान, गालि नखान, नेपाली डाक्टरलाई बिस्वास गर्न, रोगीमा आशा भरोसा छर्न !

केपी शर्मा ओली: नयाँ मिर्गौलाले ‘काम गर्न थाल्यो’, प्रधानमन्त्रीको स्वास्थ्यस्थिति ‘स्थिर’
धन्यवाद समिक्षा, हाम्रा डाक्टर वाह ! भाग्यमानी रहेछन्, के पी ओली बा !

आफ्ना नेता खोसेपछि देउवाविरूद्ध पौडेल समूहको दिनदिनै भेला
पार्टीमा जेठो बन्ने सपनामा देउवाले पानी छर्किदै गरेको अवस्था !

शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ: प्रदिप पौडेल
यसको मतलव, बिगतमा उनले कलेजमा गरेको राजनीति गलत थियो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com