सन्जुबैनीको साग र सकुलदाईको भात ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार ०८:२०

सकुलदाई भर्खरै शहर झरेका थिए । छिमेकीले विवाहको भोजमा निम्ता कार्ड पठाएपछी उनि भोज खान गए । उनि ठिक ५ बजे पुगेर

हलको एक कुनामा बसेर खान सुरु गरे । लगातार ७ बजेसम्म खाइ रहेको देखेपछी

पालेदाई – ‘किन लामो समय लगाएर खानु भएको नि हजुर ?’

सकुलदाई – ‘निम्ता कार्डमा भोज खाने समय ५ बजेदेखी ७ बजेसम्म लेखेको रहेछ, त्यसैले !’

—‘————————————————————————————————————–=-=

सन्जुबैनी एक हप्ता बस्नेगरी दिदीको घर गएकी थिइंन् । उनलाई ६ दिनसम्म लगातार साग र भातमात्र खान दिएपछी अन्तिम दिन…

भिनाजु- ‘साली नानी, आज के तरकारी ल्याउँ ?’

संजुबैनी – ‘केही ल्याउँनु पर्दैन भिनाजु, मलाई सागबारी देखाईदिए पुग्छ,आफैं गएर चर्नेछु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com