नेपालमै मृगौला प्रत्यारोपण :  बन्न सक्छ अन्तराष्ट्रीय किड्नी हब ?’

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार ०८:४९

-केशवराज
स्वदेशमै मृगौला प्रत्यारोपण सफल भएपछी बजार गर्माएको छ । ‘प्रधानमन्त्री ठिक भएर आउने भए, थप जटिलता ल्याउने भए !’ एकजनाले भने । अर्काले सोधे – ‘कसरी ?’ उनले थपे – ‘पहिलो, यिनले छोडे म खान्थें भन्नेहरुलाई जटिल तनाव हुने भयो । दोश्रो, बिदेशी अस्पताल र तिनका नेपाली दलालको व्यापार चौपट हुने भयो ।’तेश्रोले थपे – ‘त्यतिमात्र हो र ! प्रधानमन्त्रीलाई जस्तै हाम्रो पनि उपचार गर्नुपर्छ भन्ने मामाहरुको लर्को लाग्छ अब ।  भान्जी नहुने मामाहरुलाई नयाँ दिदी खोज्नुपर्ने बाध्यतामा पर्छन् ।’

चौथो बुजुर्ग बोले -‘समस्यामात्र हैन साथीहरु, सम्भावना पनि संगै अाउँछ । पर्यटनमंत्रीजी पर्यटकको लर्को ल्याउने सपनामा छन् । कोरोनाको कारण तत्कालै त्यो सम्भव छैन । अरु मृगौला प्रत्यारोपणलाई नै आम्दानीको श्रोत बनाउन स्वास्थ्यमन्त्रीसँग सहकार्य गर्लान् ।’

‘कस्तो सहकार्य ?’ मैले सोधेँ । उनले भने – ‘स्वास्थ्यमन्त्रीलाई भन्लान् –  भानुजी, मलाई एउटा आईडिया पलायो । देशमा मेडिकल टुरिजमको सम्भावना आयो !  सरकारी अस्पताललाई स्तरोउन्नती गरौं । राम्रा राम्रा संरचना बनाऔं । प्रयाप्त श्रोत साधान खन्याऔं !  सबै नेपालीले उपचार देशमै गराउन् । एसियालीहरु  दौडिएर आउन् ।’ म उनको आईडियाको फ्यान भैसकेको थिएँ । थपे -‘जब तिनले स्तरीय सेवा पाउनेछन् तब बिदेशीले डलरमा दस्तुर खन्याउने छन् ! देशको रुपैयाँ देशमा रहन्छ । बिदेशको डलर पनि हाम्रैमा ओईरिन्छ ।’

मृगौला उपचारलाई समस्या भन्ने पहिलो पड्कियो- ‘तपाइंले भनेको पनि समस्या नै हो ! पहिलो कुरा त  मन्त्रीले प्रस्ताव नलान सक्छन् । लगेपनी प्रधानमन्त्रीले यस्तो कुरो नखान सक्छन् !’ उनले कानैमा आएर भने – ‘ उता कमिसन एजेन्टको कुरो बेग्लै छ । आफुलाई फाइदा हुने भए काइदाको योजना भन्दै आउलान् ।  नहुने भए अख्तियार लाउलान् । त्यसैले सबैभन्दा पहिले कमिसन एजेन्टसँग कुराे मिलाउनु पर्छ ।’

मलाई त कुरो ठिकै लाग्यो । तपाईंलाई नि ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com