सिलिन्डरको भन्दा डरको लाईन खतरा ! Headline Humor

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आईतवार ११:१९

उपत्यकामा १४ हजार ग्यास सिलिण्डर थपिँदै, आयल निगम भन्छ -‘कसैको सिलिण्डर रित्तो हुँदैन !’
अर्थात्, भारतले पठाएकाे मौज्दात रहुन्जेल मात्र नि !

समायोजन भएका कर्मचारीले माग्न थाले एक तह बढुवा
जाँगर न साँगर, खाने बेलामा अाँ गर् !

ठूला मान्छे जुलूसमा किन आउँछन् ? यहाँ मर्ने भनेका त दुई छाक खान नपाउने हामी नै हौँ ! – मुन्सी प्रेमचन्द
कुरो सरल छ, ठुला मान्छे भिंडलाई भड्काउने, त्यसैको बलमा सत्ता पड्काउने !

कोरोनाभाइरस : संक्रमण हुने बित्तिकै मृत्यु हुने होइन !
बनका बाघले नखाँदै मनका बाघले सिध्याउँने भैसक्यो !

मोबाइलमा ‘प्याक’ बाँकी हुँदै ब्यालेन्स काटिने समस्या, समाधान कसरी गर्ने ?
टेलिकमको एपले जे भन्छ गर्ने, मागेजति पैसा भर्ने !

हाम्रो अर्थतन्त्रमा कहाँ-कहाँ पर्न सक्छ ‍कोरोनाको प्रभाव?
रेमिट्यान्समै कोरोना लाग्नु र मुहानमा पानी सुक्नुमा उस्तै उस्तै प्रभाव हुन्छ !

विद्यार्थीका हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकाल्यो जागृति एकेडेमीले
यो त भयो स्कुलको नाक जोगाउने कुरा, कानूनी शााख जोगाउने काम कसरी होला पुरा !

हल्लाकै भरमा ग्यासको सिलिण्डर बोकेर लाइनमा
हुलमालमा जिउ जोगाउन अनिकालमा बिउ जोगाउन खप्पिस नेपाली !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com