निर्जीव पंखा पनि भालेपोथी हुन्छन् ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार ०७:४०

डिङ्की निकै मोटी थिइन् । उनि गाउँबाट शहर आएर फिल्म निर्देशकलाई भेटेपछी

निर्देशक :  ‘तिमी अभिनय गर्न सक्छ्यौ त ?’

डिङ्की : ‘सक्छु, तर मैले के गर्नु पर्छ ?’

निर्देशक : ‘बिस्तारै, बिस्तारै,  पानीको पोखरीमा पस्नुपर्छ ।’

डिङ्की : ‘फिल्मको नाम चाहिँ के हो, डाइरेक्टर साब  ?’

निर्देशक : ‘फिल्मको नाम, गयो भैँसी पानीमा !’
_______.      ________.    _______

शिक्षक : ‘रोहन, गर्मीमा प्रयोग गरिने भारतबाट अायातित् पंखा मेल हो कि फिमेल भन त ?’

रोहन : ‘कुरो क्लियर छ सर ! खेतान पंखा भए मेल, उषा भए फिमेल  !’
_________       _________        ____________

भक्त : ‘बाबाजी, इन्जिनियरिङ गरेको छु । तर कुनै काम पाउँन सकिँन । कुनै उपाय छ कि ?’

बाबा : ‘बेटा, कुन इन्जिनियरिङ गरेकाछौ ?’

भक्त : ‘कम्प्युटर इन्जिनियरिङ बाबा जी ।’

बाबा : ‘चिन्ता नगर बालक, मैंले पनि इलेक्ट्रोनिक्समा एम इ गरेको छु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com