कोरोना भाइरस बारे : अमेरिकी सेनाको नेपाली ट्विट ! Headline Humors

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार १५:३०

करणी कसूरमा अखिलका बिद्यार्थी नेता राईलाई ८ वर्ष कैदको फैसला
सत्ता र शक्तिको आडमा अपराधीहरु उन्मुक्ति पाउँछन् भन्नेलाई मुखबुझो !

प्रधानमन्त्रीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ
एक् तीर् दुई सिकार : मृत्युलाई जितेर आए, प्रशंसा बोकेर ल्याए ।

म कुनै गुटमा छैन: शेखर कोइराला
अर्थात, सकेसम्म आफ्नै गुट बनाउँदै छु !

ग्राहकको भेषमा उद्योगमन्त्रीको छड्के अनुगमन
मन्त्रीलाई जनताको सुझाव : सिधा कारबाही देख्न पाइयोस् ।

छोराछोरीको जीवन प्रमुख कि परीक्षा?: बाबुराम भट्टराई
कुरा प्रष्ट छ : ‘जीवन रहे मौका आउँछ सधैंभरी, हैन भने न रहे बाँस, न बजे बाँसुरी !’

अमेरिकी सेनाले कोरोना भाइरस वुहान ल्याएको दाबीलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गरे ट्विट
अमेरिकी सेनाले नेपालीमा ट्विट गर्दै भन्लान्- ‘यसैलाई भनिन्छ, ‘नाच्न जान्दैन, आँगन टेढो !’

लोकगायक बद्री पंगेनीको जीवन : ती प्रेमपत्र अझै सुरक्षित छन्
यी हुन् ,सफलता पछीमात्र प्रष्फुटन हुने आन्तरिक कुरा !

अनमोलसँग रोमान्स गर्न मन छ : वर्षा चौलागाईं
म संग गर्न मन छ, के दुनियाँलाई सुनाएर हुन्छ ? – अनमोल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com