प्रचण्डको ‘मने’ र चित्रबहादुरको ‘चाइन्जो’ ट्रान्सलेट नभ‌एपछि…

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार ०८:५०

-सम्प्रस पौडेल, हेटौडा

अन्तर्राष्ट्रीय ‘दाने’ सम्मेलन आयोजना भएछ । दाताहरूले पनि नेताहरूको विचार सुनेर मात्रै दान दिने बताएछन् । बोल्ने पालो प्रचण्डको थियो ।

प्रचण्ड: ‘मने, नेपाल साह्रै धनी मुलुक हो । हामी सबै मिलेर दिनदिनै मने कङ्गाल पारिरहेका छौँ । मने यसमा हामी सफल हुन्छौँ भन्ने हाम्रो ठम्याई हो । पहिले कांग्रेस, अनी मने एमाले अहिले हामी नेकपा, मने अझ मधेशी र राप्रपा मनेले पनि सघाइराछन् ।’

चित्रबहादुर केसी: ‘हेरी चाइन्जो, घ्यारी नेपालमा संघीयता फाप्दैन भनेर मैले उहिलेदेखि भन्दै आको हो । हेरी चाइन्जो विदेशी दाताले चाहिँ हाम्लाई माछा होइन, माछा पक्रिने जाल दिनुपरो । बल्ल संघीयताको फाइदा पुग्छ ।’

उनीहरूको नेपाली भाषण विदेशीका लागि कन्भर्ट गर्दा धेरै शब्द ट्रान्सलेट भए । ठाउँ-ठाउँमा प्रयोग हुने ‘मने’ र ‘हेरी चाइन्जो’ को अर्थ कन्भर्ट हुन सकेन । पहिले स्व. कोइरालाको ‘उ…’ पनि त्यस्तै भयो ।

——
राम-लक्ष्मण सिलवाल दाई, ‘मने’ र ‘हेरी चाइन्जो’ ट्रान्सलेट गर्ने भ्वाइस ट्रान्सलेटर बनाइदिनु परो 😜 😜

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com