‘नमस्कार’पछि अब ‘संस्कार’ पनि विश्वव्यापी हुने Headline Humor

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार ०९:३६

मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव !
बहाना र चाहनाबीच द्वन्दको सम्भावना !

‘प्रधानमन्त्री ओलीले अटेर गरे ।’ -चिकित्सक, ‘ईच्छाशक्तिका साथ सहभागी हुनुभएको हो ।’ -सल्लाहकार
‘आजसम्म कसैलाई टेरिएन, बाह्र हात नाघेर एक बितामा किन हार्छु !’ -प्रधानमन्त्री

किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?
लक्षण पहिचान गर्ने कार्य अन्धाले हात्ती छामेझैं भएको आशंका !

फेरि ब्युँताउन सम्भव होला काठमाडौं–हेटौंडा रोपवे ?
अस्थिपन्जरमा स्वास भर्न मिल्दैन, अर्कै जन्माउनु पर्छ !

आफ्नै होटललाई अस्पताल बनाउँदै रोनाल्डो
उनि खेलाडीमात्र रहेनन्, उनि सम्मानित समाजसेवी बन्न सक्छन् ।

व्यापारीहरु कोरोनाको हल्लासंगै मुल्यबृद्धि गरेर कमाउन व्यस्त छन् !
कोरोनाको हल्ला मृत्युले गरेको सल्लाहा पनि हुनसक्ने कुरा बिर्सिएका लोभिहरु !

सात वर्षअघि प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ
आमामामा, कति लामो थप्पड !

कोरानाले ब्युँतायो पूर्वीय सभ्यता : ट्रम्प र युवराज चार्ल्सले गरे नमस्कार
अब हतियारको होडबाजी र शक्तिको आडबाजी पनि रोके हुने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com