‘चाईनिज भाईरस’ भन्ने ट्रम्पलाई नेपालीमा जवाफ : ‘उत्तरमा चीन छ, झ्वाँक चलाए दिन्छ !’ Headline Humors

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार १०:०६

एक महिना विद्यालय बन्द हुँदा बच्चालाई कसरी सम्हाल्ने ?
बच्चालाई अच्छासंग सम्हाल्न घरका आमाहरुलाई थाहा छंदैछ नि ।

सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा
राष्ट्र बैंकको बाबा बन्ने सपना का बा.बाटै अन्त्य होला नि  !

चीनबाट फर्किनुअघि लीलामणिले भने : ‘नेपालीले हिनतावोध गर्नुपर्ने काम गरेको छैन ।’
किन फर्काए त ! भनेजस्तो गर्न सक्नु भएन कि मागेजस्तो दिनु भएन ?!

‘जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ ।’ -उपप्रधानमन्त्री पोखरेल
कोरोनाको आगो सल्केपछी ?

संस्थाको अडिट रिपोर्ट नहेरी सरकारले अनुदान नदिने मन्त्री पार्वत गुरुङको घोषणा
बजार हल्ला : अनुदान दिने भन्दा मिलाईदिने बलिया छन् भन्ने सुनिन्छ नि, मन्त्रीज्यू !

चीनले नेपाललाई सोध्यो – ‘मास्क र औषधीसहित मेडिकल टिम पठाऊँ ?’
नेपालले चीनलाई भन्यो – ‘सहयोग लिने रहर छ तर मास्क संगै कोरोना आउला भन्ने डर छ !’

‘समृद्धिको साँचो कर्णालीमा छ ।’ -मन्त्री भण्डारी
कुन साँचाे, खोल्ने कि बोल्ने ?

अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा तीनैजना जजले उभिएर भने, ‘वान्स मोर’
बिदेशी पर्यटकले रेसम फिरिरी गाउँदा हामीले उत्साहित भएर थप्पडी ठोके जस्तो त हैन ?

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘चीनियाँ भाईरस’ भन्ने अभिव्यक्तिप्रति चीनको कडा आपत्ति
छिमेकमा चीन छ, धेरै रिस उठाए दिन्छ, माईन्ड योर ट्र्म्प, बजाउला ड्र्म ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com