अब, तिर्सना मेट्न रक्सी पिउँनै पर्दैन ! Headline Humors

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहीबार १०:२८

चीनको वुहानमा कोरोना संक्रमण शून्य
बुहानमा सुन्य भयो भनेर मुहानले सुत्न मिल्दैन !

सरकारले एसईई परीक्षा स्थगित गर्यो
योजना भताभुङ्ग भएकोमा स्कुललाई पर्नु पिर पर्यो !

गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति : १६ लाख, ५१ तोला सुन
परिवारका सबै सदस्यलाई बाँड्न जान्नु पर्यो नि ! तब न थोरै देखिन्छ !

कोरोनाभाइरसको महामारीले डेङ्गु ओझेलमा
डेंगु हैन रहेछ, डेंगुको त्रासमात्र ओझेलमा परेको हो ।

रक्सी उत्पादक युरोपेली कम्पनी धमाधम ह्यान्ड स्यानिटाइजर बनाउँदै
ट्वाँकेरुलाई हात सुँघेरै तिर्सना मेट्ने बैकल्पिक अवसर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com