१०० बर्षीय जोडीले यसरी धम्की दिए कोरोनालाई ! Headline Humors

प्रकाशित मिति: ७ चैत्र २०७६, शुक्रबार ०९:५८

सवारीसाधनले रूट पर्मिट लिनु नपर्ने, लाइसेन्स आवेदन बन्द
मय बलवान हुन्छ भनेको यहि हो : हिजो देउ देउ, आज लेउ लेउ !

भारतमा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चारै जनालाई मृत्युदण्ड
उदण्डता बिरुद्धको कडा सजाय भनेको मृत्युदण्ड, सबैलाई चेतना होस् ।

गोदाममा थन्कियो प्रहरीले नियन्त्रणमा लिएको अढाइ लाख मास्क !
तावाबाट झिकेर भुङ्ग्रोमा हाल्ने भनेको यही होला !

कोरोनाबाट तंग्रिएपछि विश्वमा प्रभाव बढाउँदै चीन
मौकाको चौका दाउ छ, धन लगाएर मन बेच, ऐले तिम्रै भाउ छ !

मकैका खोस्टाको १० लाख झोला चीनमा बेच्दै देविका
भैंसीलाई घाँस कि सम्पतिको रास ? जान्नेलाई श्रीखण्ड नजान्नेलाई कुर्पाको बिंड !

तस्विर साभार : ( सेतोपाटी डटकम, अनलाइन समाचार )

नायिका वर्षा भन्छिन्–‘बिहे अगाडि एक अर्कालाई वुझेको राम्रो’
वर्षा जी, बिहे अघि कसले सबै कुरा देखाउँछ र !

कोरोना त्रासकाबीच १०० बर्षीय बेलायती फिल्म निर्माता यभर अब्बास र भारतीय अधिकारकर्मी नुर जाहिर बिच विवाह सम्पन्न
बैंसले मात्तिंदा मात्र हैन, मनले आत्तिंदा पनि जीवनसाथी चाहिँदो रहेछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com