‘लक डाउन’ उल्लंघन गर्नेलाई लडाउन् कि उठाउन् !

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार १४:१३

मन्त्रीका श्रीमानले कहाँबाट पाए चिकित्साकर्मीले लगाउने पीपीई ?
तँ चिता, मन्त्रीले पुर्याउछन् भनेझैं हो कि !

लकडाउनको अवज्ञा गर्ने पाँच जना कञ्चनपुरबाट पक्राउ
क्वारेन्टाइन तोडेर ५०० जना पश्चिम पाहाडतिर प्रस्थान !

‘लकडाउन’ले फुर्सद : मेटा ह्युमनदेखि हकिंग्सको पुस्तक पढ्ने योजनामा शीर्ष नेता
अर्थात् कोरोनाको उपचारबारे यिनै पुस्तकमा लेखिएको निष्कर्षमा हाम्रा नेता !

कोरोना कोषमा एनसेलको १० करोड सहयोग
अर्को बर्षको राजस्व छुटको कारण बन्ने खतरा !

‌चीनमा सही अनुमान गरेका नोबेल विजेता भन्छन्– ‘संसारमा कोरोना सोचेभन्दा छिट्टै नियन्त्रणमा आउँछ ।’
छिमेकमा चीन छ, त्रास र आस दुबै दिन्छ । तपाईँको मुखमा सधैँ दुध र भात परोस्, शुभकामना । – नेपाली जनता

लकडाउन उल्लङ्घन : कन्टेनरभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ
कन्टेनरमा छिर्नुको विवस्तालाई वेवास्ता नगरियोस् ।

दैनिक ७० हजार मास्क उत्पादन गर्दै व्यवसायी मल्होत्रा, अब ५ रुपैयाँमै पाइने
पहिला गरेर देखाउ मलहोत्रा, तिम्रै नाम गुन्जिनेछ सर्बत्र ।

‘लकडाउन उल्लंघन गर्नेविरुद्ध निर्मम बन्छौं’- प्र.जि. अ.
‘लकडाउन’ र ‘कर्फ्यु’ उस्तै त हैन होला नि हजुर !

तस्विर साभार : सामाजिक संजाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com