अब टाउको सुम्सुम्याएको पनि पैसा तिर्नु पर्ने ! – मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: १६ चैत्र २०७६, आईतवार १२:१३

शिक्षक : ‘भन त रोहन, पशुपतिनाथको मन्दीर कहाँ पर्छ ?’

रोहन : पशुपतिनाथको मन्दीर ललितपुरमा पर्छ सर !

शिक्षक : गलत ! तिमी बेन्चामाथी खड होउ त ।

रोहन : ( एताउता हेर्दै ) यहाँबाट पनि देखिएन सर !

———————————————————-

शम्सेर र सिम्रीका नव विवाहित जोडी थिए । एकदिन साँझ शम्सेर अफिसबाट घर पर्किनासाथ

सिम्रिका : ‘खुशीको कुरा सुन्नु हुन्छ ? यो घरमा हामी चांडैनै तिन बन्दैछौं नि !’

शम्सेर : वाउ ! यो त खुशीको कुरा हो ।

सिम्रिका : यस खुसीमा तपाईं भोली बसपार्क जानु पर्छ है ।

शम्सेर : ‘किन बसपार्क जाउ र ?’

सिम्रिका : तपाइंकी सासु र मेरी आमालाई लिन !

———————————————————–

उज्वल : ‘ठाकुर, कपाल काटेको कति लिनुहुन्छ ?’

ठाकुर : ‘एक सय रुपया लिन्छु ।’

उज्वल : ( कपाल देखाउँदै ) ‘हेर्नुस्, मेरो त कपाल नै छैन, मलाइ पनि पुरै लिने ?’

ठाकुर : ‘म अरुसंग कपाल काटेको पैसा लिन्छु भने तपाईंसंग सिला खोजेको लिन्छु सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com