भाईरस भगाउने मन्त्र !

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार १९:२५

हे, जागे, जागे, जागे ।
आकास जागे, पाताल जागे, जल जागे, थल जागे
चराचुरुंगी जागे, पशुपंक्षी जागे ।
जलचर जागे, थलचर जागे, प्रकृतिका चारै दिशा जागे
कोरोनाको डरनाले मरना संझी मनुश्य घरभित्र लागे ।

हे बाधुं, बाधुं, बाधुं ।
कोरोनाको कर बाधु, भाइरसको भर बाधुं
हल्लाको घर बाधुं, फेकन्यूजको डर बाधुं
उत्तर बाधुं, दक्षिण बाधुं, घरका चारै वाल बाधुं
भाईरस बस्ने, भाइरस छिर्ने घरघरका प्वाल बाधुं

सान्दा लाराबा खान्दा लाम्रा खाल्दा हटिजा फटिजाको तुनो बाधुं,
बैज्ञानिक समेत त्रसित कोरोना भगाउछु भन्ने ठगको थुतुनो बाधुं,
फिरन्ते अनलाईनका खाता बाधुं, उडन्ते युट्युबरका पाता बाधुं,
सुचना आतंक फैलाउने आतंककारी सबका हतकडीले हात बाधुं ।

खोकी बाधुं, हाछ्यु बाधुं फोहोर छोएको हात बाधु,
नाक बाधुं, मुख बाधुं, नपाकेको तरकारी भात बाधुं
क्यारेम खेल्नेको भिंड बाधु, म्यारिज खेल्नेको जन्ती बाधुं,
डोजर हेर्नेको जुलुस बाधुं, पुलिस गन्नेको तिघ्रा बांधु ।

रोकुं, रोकु, रोकुं
बैठक रोकुं, भेला रोकु, हाट बजार मेला रोकुं,
भिंडभाडमा गाना बजाना, सडकमा खेला रोकुं,
खाने बेलां डकार बाधुं, चुठ्ने बेलां खकार बाधुं,
खोक्ने बेलामा होस बाधुं, थुक्ने बेलामा जोश बाधुं ।

लकडाउनमा टाउनमा घुम्ने अटेरीका बैठकमा सुपरग्लु टाली,
बिपद्मा महंगीले ठुंग्ने ब्यापारीका खल्तीमा सिस्नु हाली,
कोरोना भगाउने भन्दै मठ मन्दिरमा बलि दिनेका हात बाधु,ं
मस्जिद र गिर्जाघरमा मान्छे भेला पार्नेका पाता बाधुं ।

कोरोना भाइरसका पखेटा बाधुं,
लोभ,घमण्ड, अहंकार पुच्छर बाधुं,
अन्धविश्वास फैलाउनेहरूको मति बाधौं,
मान्छेको दूरी बढाएर कोरोनाको गति बाधौं,
क्वारेन्टाइबाट भाग्नेहरूका पांसुला बाधौं ।

सडक पुल र गोरेटा बंँधुं,
सहर बाधुं, गाउं बाधुं,
जो जहां छ ठाउंका ठाउं बाधुं,
छिमेकीसंगको सम्वन्ध बँधुं,
आफन्तसंगको भेटघाट बाधुं,
रक्सी खानेले बानी बाधुं,
चुरोट खानेले खानी बाधुं,
बांध्न नसक्नेलाई राम राम भन्न सकिन्छ,
कांध थापेर घाटसम्म जान सकिन्न ।

बाडुं, बाडुं, बाडु
खान नपाएकालाई खाना बाडु, पशुपंक्षीलाई दाना बाडुं,
संक्रमितलाई साहस बाडुं, आफन्तलाई ढाडस बाडु,
नर्सलाई अभिनन्दन बाडुं, डाक्टरलाई सम्मान बाडुं
भाडा छुटदिने घरबेटीलाई धन्यावद बाडुं,
स्वाश्थ्यकर्मीलाई डेराबाट निकाल्नेलाई बरबाद बाडुं ।

हुनेले नहुनेलाई बांडौं, सक्नेले नसक्नेलाई बांडौं,
फिजिकल्ली डिस्टेन्स राखौं, मेन्टल्ली एट्याच राखौं,
कोरना फैलाउने आफ्नै हात बांधु,
गाउं गाउं जोड्ने दोबाटा बांधु,
बस्ती बस्ती जोड्ने चौबाटा बाधुं,

सरसफाईमा जोड बाधुं,
सहयोगमा मास्क बाडुं,
सहयातामा स्यानिटाईजर बांडु,
आपद्मा होस्टे बाडुं, विपत्तमा हैसे बाडुं,
रोगसंग जुझ्ने मनोबल बांडु
मनस्थिति उच्च राख्ने आत्मबल बांडु ।


जय गुरु गोरख नाथ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com