यी हुन्, अर्कालाई मुर्ख ठान्ने पटमुर्ख ! – आजका ठट्यौलीहरु

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार १०:१२

गैराघरे बा अलि रोघी र निकै लोभी थिए । उनि मृत्युपछी कसैले साथमा सम्पती लाँदैन भन्ने कुरालाई गलत साबित गर्न चाहन्थे । उनले आफ्ना तीनजना छोरालाई बोलाएर भने – ‘छोराहरु, म तिमीहरुलाई एक एक वटा खाम दिन्छु । खाम भित्र एक लाख रकम हुनेछ । म मरेपछी घाटमा लगेर मेरो चितामा चढाउँनु ! बा को निधनपछी सतगत गरेर फर्किँदै गर्दा…

जेठो : ‘मलाइ त सारै पछुतो भयो । मैले भैंसी किनेको बाँकी रकम तिर्न खामबाट रु पच्चीस हजार झिकेको थिएँ !’

माइलो : मलाइ पनि त त्यस्तै भयो ! मैले त खेत किन्दाको ऋण तिर्न ४० हजार झिकेर बाँकी ६० मात्र चढाएँ !

कान्छो : ‘हेर, तिमीहरुलाई पितृश्राप लाग्छ ! मैले त पुरै एक लाखको चेक काटें र नखास्नेगरी खामबन्दी गरेर चढाएको छु !

—————————————————————————————————————–

एकदिन सुमनले किरणलाई बेलुकाको खाना खान आफ्नो घरमा बोलाएछन् ।

किरण मुख मिठ्याउँदै सुमनको घरमा पुग्दा ढोकामा भोटेताल्चा लगाएर एउटासुचना टाँसेको रहेछ ।

सूचनामा लेखेको थियो – ‘ मैले तँलाई खान होइन, मुर्ख बनाउँन बोलाएको थिएँ !’

किरण पनि के कम र ! त्यहि सूचनाको तलतिर एक लाइनमा लेखेछ – ‘मलाई पनि कमजोर नसोचे हुन्छ ! ‘म तेरो घरमा आएकै छैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com