घोचक महामारीका रोचक हेडलाईनहरु !

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलवार १३:३२

-केशबराजा

-कोरोनापुरमा राहत बितरण गर्न गएका समाजसेवी श्री प्रचारध्वज शर्मा सो स्थानमा फोटो पत्रकार र टिभी जर्नालिष्ट नदेखेपछी कार्यक्रम स्थगित गरेर फर्किएका छन् !

-तिन कोसा केरा बोकेर राहत दिन गएका बरिष्ठ उद्योगपति ढोंग नारायण सिंह ६ जना पीडित देखेपछी केरा गिँड्ने हतियार खोज्न फर्किएका छन् !

-लकडाउनको पहिलो हप्ता सामाजिक सञ्जालमा आफ्ना प्रतिभा पस्किंदा लाईक र कमेन्टको ओइरो देखेर मात्तिएकाहरु दोश्रो हप्ताको सुरु देखि नै सिर्जनाको भाँडो रित्तिएर आत्तिएका छन् !

-ऋण लिएर सानो घर बनाएका घरबेटीले डेरावाल आईएनजिओकर्मीलाई एक महिनाको भाडा छुट दिने सरकारी निर्णयको  स्वागत गर्दै मुटु मिचेर धन्यवाद दिएका छन् !

-दशकौँसम्म पद, प्रतिष्ठा र शक्ति प्राप्तीको निम्ति षडयन्त्र, खडयन्त्र र अनेकौँ प्रपोगण्डाको ब्यापार गर्नेहरु कोरोनाको कारणले प्रोपोगाण्डा ब्यापार खस्किदा चिन्ताले बिरामी भएका छन् !

-आफुलाई जन्म र कर्म दिने आमा-बाबुको जन्ममिति थाहा नपाउने चाकडहरुले पहुँचदार नेताको जन्म दिनको शुभकामना पोष्ट्याउन हतारिएको देख्दा जुकरबर्ग पनि छक्क परेका छन् !

-आफु जन्मिएको वर्षौँ हुँदासम्म कहिल्यै पनि बाबु-आमाले गफ गरेको समेत नसुनेका केटाकेटीहरु कोरोना कहरमा अभिवाभाकको बुढो वैंस देखेर उत्तेजित हुने खतरा बढेको छ !

-काठमाण्डौमा बासी तरकारी समेत नपाएका केशव पोखराका किसानले ताजा तरकारी उखेलेर फालेको समाचार सुन्दै निस्तै जाउलो मर्काउँदै गरेको समाचार भाईरल भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com