महामारी मध्यावधी चुनावले रोकिन्छ कि सहमतिको सरकारले ? -अ-राजनैतिक २०लेषण

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार ०९:३४

‘सैद्धान्तिक मतभेद !’ अर्थात् पैसामा कुरो मिलेनछ ।

‘एजेण्डामा बिबाद’ अर्थात् ट्वांट पिउने बेलामा झगडा गरेछन् ।

‘बिदेशलाई हेर्ने दृष्टिकोण मिलेन !’ अर्थात् कोटामा आफ्नो मान्छे परेनछ ।

‘सांस्कृतिक बिचलन भयो !’ अर्थात् गोप्य कुरा थाहा पाएछ ।

‘राष्ट्रियतालाई बुझ्ने दृष्टिकोण फरक !’ अर्थात् कुन गुटले सरकार बनाउने भन्नेमा लफडा परेछ ।

‘बिदेश नीतिमा कुरा मिलेन !’ अर्थात् ठूलो बिदेशी नेतासंग सांठगांठ भएछ ।’

‘बैचारिक असहमती !’ अर्थात् चन्दा परिचालनमा खटपट ।

‘सैद्धान्तिक मतभेद !’ अर्थात् भत्ता लेनदेनमा तलमाथी ।

‘बिदेश नीतिमा भिन्नता !’ अर्थात् शक्तिशाली बिदेशीसंग उठबस  ।

‘राजनैतिक एजेण्डामा बिबाद !’ अर्थात् कमिसन बांडफांडमा किचलो ।

‘राष्ट्रियताको सवालमा छलफल !’ अर्थात् सरकार परिवर्तन्को तयारी हुंदैछ ।

‘महामारी रोक्न अब मध्यावधी चुनावमा जानुपर्छ ।’ अर्थात् ?

‘कोरोना बिरुद्ध लड्न सहमतीको सरकार बनाउनुपर्छ’ अर्थात् ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com