दुई रुपयाँमा ज्यान फाल्ने लोभी ! -आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार ०८:१४

जुनेली र साजनले अाफ्नो प्रेम सम्बन्धलाई  विवाहमा परिणत गर्नेबारे कुराकानी गर्दैगर्दा…

जुनेली : ‘साजन, अब तिमीले मेरा बुबासँग कुरा गर्ने आँट गर्नै पर्छ ।’

साजन : ‘तिमी भन्न सक्छ्यौ, कुरा गर्ने उपयुक्त समय कुनबेला हो ?’

जुनेली : ‘अवस्य सक्छु । बुबाले जुत्ता नलगाएको बेला हुनुपर्छ !
_=====================================

रोहन प्रहरीमा भर्ना हुँन मौखिक परीक्षामा सामेल हुँदैगर्दा

परिक्षक : ‘रोहन भन त, ३+३ कति हुन्छ ?’

रोहन : ‘६, हुन्छ सर ।’

परिक्षक : अनि ४+५ जोड्दा कति हुन्छ ?’

रोहन : ‘ यसमा ९ हुन्छ ।’

परिक्षक : ‘त्यसोभए,  ८+ ८ चाहीँ कति हुन्छ त ?’

रोहन : ‘सरी सर, मेरा हातमा १० वटामात्र औंला छन् !
==========================================

लोभीकी पत्नी : ‘सुन्नु न, अाज राती मैंले अनौठो सपना देखें नि !’

लोभी : ‘कस्तो सपना देख्यौ भन त ?’

पत्नी : ‘हामी बस चढेर यात्रा गर्दै थियौँ, अचानक बस नदिमा खस्यो ! त्यसपछी तपाईँ चिच्याई, चिच्याई केही खोज्दै हुनुहुन्थ्यो ।’

लोभी : ‘सायद तिमी कुन अवस्थामा छ्यौ भनेर खोज्दै थिएँ होला, हैन ?’

पत्नी : होइन ।  त्यो कण्डक्टर कहाँ गयो ? मेरो २ रुपियाँ फिर्ता लिनुछ भन्दै हुनुहुन्थ्यो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com