कोरोना साहित्य : लोभ, मोह र क्रोधलाई कसरी चिन्ने ?

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलवार १८:५४

केशबराज गजुरेल 

केशब पण्डितजी सधैँ गिता पढ्ने गर्दथे । छेवैमा बसेर सुनिरहने उनको सानो छोराले केही शब्दहरु कण्ठ गरेको रहेछ । लकडाउनमा घरभित्रै लकअप रहेको बेला छोराले एकदिन ति शब्दको अर्थ जान्न खोजेछ ।

छोरा : ‘बुबा, हजुरले गिता पढ्दा उच्चारण गर्ने गरेका शब्दहरु – मोह, लोभ, ईर्ष्या र क्रोधको अर्थ के हो ?’

बाबु : ‘ल सुन छोरा, म तिमीले बुझ्नेगरी अर्थ लगाउँछु । ऐले तिमीले लकडाउनमा घरभित्र बसिरहेका छौ । अझै डराएर भण्डारमै लुक्न खोज्नु तिम्रो जीवन प्रतिको ‘मोह’ हो !

घरभित्र बस्दाबस्दै वाक्क लागेर खुट्टा तन्काउन कौसीमा निस्किदा छतमा चढ्न मन लाग्नु, छतमा चढ्दा बाटोमा झर्न मन लाग्नु, बाटोबाट चोकसम्म जान मन लाग्नु, केही देख्यो कि किनेर खान मन लाग्नु तिम्रो मनको ‘लोभ’ हो !

टिभीमा समाचार हेर्दा सडकमा हिँडेका केही मान्छे र गुडेका गाडी देख्नासाथ बेलैमा एउटा नक्कली प्रेस पास लिनुपर्ने रहेछ भनेर सोच्नु वा कुनै पहुँचदारलाई फोन गरेर ल न एउटा पास मिलाइ दिनुस भन्नु अथवा बिरामीको बहानामा ग्यारेजबाट गाडी निकालेर एक पटक बाहिर निस्कने प्रयत्न गर्दै अरुको आवश्यकता र बाध्यतालाई अवसर ठान्नु अरुप्रतिको ‘ईर्ष्या’ हो !

मानौं, दुर्भाग्यबस् कुनै बहानामा तिमी सडकमा निस्कियौ भने त्यहाँ खटिएका प्रहरीले सोधपुछ गर्नेछन् ! तर, तिमी भित्रको लोभ, मोह, र ईर्ष्या न हो ! लातका भुत बातले मान्दैन, तिनका कुरा सुन्नै जान्दैन ! प्रहरीको पनि दु:ख कम होइन, तिन दिन देखी आराम छैन ! पहिला लठ्ठी उठाउने छन् । तिमीतिरै सोझ्याएर मज्जाले बजाउने छन् ! त्यसपछी तिमीमा पैदा हुनेछ आक्रोस – यसैलाई भनिन्छ ‘क्रोध’ !’

छोरो: ‘बुझेँ बा ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com