तपाईंको मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार १७:५३

अन्जली : (रजनीसंग) ‘छोरीको टिकाटालो भएको २ बर्ष सम्म किन बिबाह नगर्नु भएको ?’

रजनी : ‘कानूनी कारणले बाधा गरेछ हजुर !’

अन्जली : ‘कस्तो कानूनी कारण हो र ?’

रजनी : ‘हुनेवाला ज्वाईं वकिल परे। विवाहको कुरा उठ्यो कि तामेलीमा राख्छन !’

============================================

सेवाग्राही : ‘मैले आज जम्मा गरेको चेक कैले फर्छ्यौट हुन्छ ?’

बैंक कर्मचारी : ‘तिन दिन त लागिहाल्छ ।’

सेवाग्राही : ‘तपाईंहरुको चेक तपाइंको काउण्टरमा जम्मा गर्दा पनि तिनदिन ?’

बैंक कर्मचारी : प्रक्रिया भनेको प्रकिया हो नि हजुर, तपाईं मसानघाटको छेवैमा मर्नु भयो भने घरै नलगी जलाउन मिल्छ र !

=====================================================

पत्नी : मलाई धेरै टाउको दुख्यो । पल्ला घरबाट भिक्स मागेर ल्याइदिनु न ।

पति : ‘दिएनन भने मज्जा हुँदैन, नमागौं ल !’

पत्नी : हो हुनत, एकदमै लोभी छन् ! मैले भण्डारमा एउटा लुकाएकी छु, झिकेर ल्याइदिनुस !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com