जागिर, चिट्ठा, रुद्राक्ष र बड्क्यौंला ! – लकडाउनको ३०औं दिनका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार १२:००

पुजा आफ्नो अफिसबाट सधैं एक युवा उनको पछिपछी लागेपछी…

पुजा : मेरा पछी नलाग । मैले जीवनसाथी रोजी सकेकी छु !

युवक : ( नजिकै गएर ) दिदी, तपाईंको अफिसमा मेरालागी कुनै काम मिल्छ की ? !

पुजा : आइ एम सरीयत्रो बेरोजगारी !


गाउँले धामी बालाई शहरमा चिट्ठा पर्‍यो भनेर चिट्ठी आएपछी…

चिट्ठावाला : तपाइंलाई एकलाखको चिट्ठा परेको हो । तर १५ प्रतिशत कर कट्टा गरेर ८५ हजारमात्र पाउनुहुन्छ ।

धामी बा : ए, मलाई गाउँले भनेर ठग्न खोज्नु भएको होला ! मलाइ पुरै एकलाख चाहिन्छ !

चिट्ठावाला : तपाइंले कुरा बुझ्नु भएन ! सरकारी दस्तुर नकाटी दिनै मिल्दैन।

धामी बा : त्यसोभए मेरो आउँदा जाँदाको तिन हजार बसभाडा फिर्ता दिनुस्, तपाइंको चिट्ठा आफैं राख्नुस् !


रोहान गाउँबा काठमाण्डौ एउटा खसी लिएर आयो । गाडीमाले लैजान नमान्ला भन्ने डरले पछिल्लो सिटमा बसेर खसीलाई एउटा बर्को ओडाएपछी…

कन्डक्टर : यहाँ के छोप्नु भएको छ, भाई ?

रोहान : मेरी हजुर आमा हुन् । बुढाबुढी मान्छे निधाउनु भएको छ !

नजिकैको एक बच्चा : ( भुइका बड्क्यौला देखाउदै ) अङ्कल, हजुर आमाका रुद्राक्ष भुइमा खसे !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com