‘जुटपति’ नजान्नेले ‘म्यारिज’ खेल्न खोज्दा झन्डै माल गायब !

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहीबार २१:०४

‘अध्यादेश’को जुवा खेल्न खोज्नेहरु तासको ‘म्यारिज’ समेत खेल्न नजान्ने रहेछन् । खासमा ती खेलाडीहरुले एकैपटक माल काट्ने (अध्यादेश जारी गर्ने) र झ्याप्पै बाजी देखाएर मर्डर (दललाई फाेर्ने) गर्नपर्ने थियो ।

तर, माल काटेर हातमा थुतेकाे पत्तिले हातमा बाजी भएकाे खुल्लमखुल्ला घाेषणा गरेर एक राउन्ड घुमाउँछु भन्न खोजे । उनिहरु यहीँनिर चिप्लिए !

बाँकी खेलाडीहरु मिल्न सक्छन् भन्ने हेक्का हुनुपर्थ्यो । अरु खेलाडीलाई कम आँक्न हुन्नथ्यो । हेर्नुस् त, कमजोर ठानिएका खेलाडीले पछिल्लाे खेलाडीलाइ मिल्ने तास दिएर भ्याप्पै बाजी ठाेकिदिए । अब खाँबो चिथोरेर हुन्न । प्वाइन्ट गन्ने बेला भयाे । खुरुक्क तिरम् हजुर तिरम् !

‘जुटपति’ नजान्नेले ‘म्यारिज’ खेल्न खोज्दा यस्तै हो । लक डाउनमा राम्रोसंग सिक्नु ल !

-उत्तमबाबु श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com