‘कमरेडी च्याम्पियन’ फ्लप, दर्शकले गरे बहिस्कार !

प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार १६:१७

 

लक डाउनको मौका छोपेर नयाँ कमेडी शो शुरु भएको छ । ‘कमेडी च्याम्पियन’बाट प्रभावित उक्त शोको नाम ‘कमरेडी च्याम्पियन’ राखिएको छ । यसमा सरकार चलाई रहेको नेकपाका शीर्ष कमरेडियनहरुले प्रतिपर्धा गर्नेछन् ।

कमरेडहरुको सामुहिक निर्देशन रहेको ‘कमरेडी च्याम्पियन’लाई रेणु यादपले होष्ट गर्दैछन् । उक्त शोमा बिष्णु पौडेलको मेकअप, गोकुल बाँस्कोटाको संगीत तथा महेश बस्नेतको सह–निर्देशन रहनेछ । उनिहरुलाई बिभिन्न विवादित ब्यक्तिहरुले सहयोग गर्नेछन् ।

कार्यक्रममा फिजिकल अडिसनबाट छानिएका टप थ्रि कमरेडियनहरु क्रमस: क. माधाप कुमार नेपाल, क.फुलकमल दहाल, तथा क. भामदेव गौतमबिच प्रतिस्पर्धा हुनेछ ।

तिनमध्ये उत्कृष्ट एकजना कमरेडी च्याम्पियन सिजन टुको बिजेता बनेर अघिल्ला च्याम्पियन केपी शर्मा ओईलीलाई बिस्थापन गर्नेछन् ।

‘कमरेडी च्याम्पियन’को जजमा डा..बापुराम भट्टराई, उफ्रेन्द्र यादव, शेयर बहादुर देउवा र हँसिला यमीले रहनेछन् ।

कार्यक्रमका बिजेताले प्रधानमन्त्रीको कुर्सी एक थान, बालुवाटार निवास आधा र पुरै बिश्व भ्रमणको उपहार जित्नेछन् ।

‘देशले ‘कोरोना बिरुद्ध संयूक्त संघर्ष’ मागिरहेको बेला यो बेमौसी शो किन ?’ हाम्रो प्रश्नमा गजुरीयल बिश्लेषक गनोज मजुरेलले भने– ‘यसैलाई भन्छन्– लगनको बेला हगन अर्थात् बेहुला बेपत्ता, बेहुली गायब – सम्धी सिलित्त, जन्ती पिलित्त !’

यो शोको वास्तविक निर्माता को हो ? कुन उद्धेश्यले निर्माण गरियो ? यसले देश र जनतालाई के दिन्छ ? महामारी नियन्त्रणमा ‘कमरेडी च्याम्पियन’को कस्तो योगदान रहन्छ ? यसको जवाफ दिन सक्ने प्रतियोगीलाई बिषेश पुरस्कारको ब्ववस्था छैन । किनकी यो शो शुरु नभईकनै फ्लप भएको छ । दर्शकले बहिस्कार गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com