एक रुपयाँमा खाना खुवाउने ठाउँको खोजी ! -रमाइला चुट्किलाहरु

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार १२:३७

नेता : ‘तपाईँहरु को हुनुहुन्छ ?’

मानिस : ‘हामीहरु किसान हौँ ।’

नेता : ‘अनि तपाईहरुका हातगोडा किन हिलै छन् त ?’

मानिस : दु:ख छ हजुर ! खेतमा हिलैहिलो छ, काम गरेर अाउँदैछौँ ।

नेता : धेरै दु:ख नमान्नुस् । अर्को बर्ष टायल ओछ्याउने ब्यबस्था मिलाउने छु !
——————————————————————–

बाबु : ( छोरासँग रिसाउँदै) ‘तैंले उल्लु देखेको छ ?’

छोरा : जत्ति देखेको छु ।

बाबु : ‘तेरो अनुहार ठ्यक्कै त्यस्तै छ !’

छोरा :  बाबा, तपाइँ भ्रममा हुनुहुन्छ ! अामाले भन्नु भएको , म काटीकुटी तपाई जस्तै छु रे !
————————————————————————————

भिखारी : दाजु, म तिन दिनदेखी भोकै छु । खाना खान एक रुपियाँ दिनु न ।

मानिस : म तिमीलाई दश रुपैया दिन्छु । तर, पहिला एक रुपयाँमा खाना खुवाउने ठाउँ देखाउ त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com