कोरोनाको कहरबिच आँप बेचेर १ अर्बको कम्पनी !

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार १३:५३

यो एक अरबको कम्पनी मैले १० करोडमा किनेको थिएँ ।

१० करोडमा बेचेको त्यो जग्गा मैले २ करोडमा किनेको थिएँ ।

२करोडमा जग्गा किन्दा मैले २० लाखमा किनेको सेयर बेचेँ ।

२० लाखको सेयर मैले त्यो ५ लाखको पसलबाट कमाएर किने ।

५ लाखको पसल किन्दा १ कट्ठा जग्गा र श्रीमतीका गहना बेचेँ ।

त्यो जग्गा र सुन मैले भैंसी बेचेर किनेको थिएँ ।

भैंसी किन्न गाई बेचेँ ।

५ वटा खसी बेचेर गाई किनेको हो ।

बाख्रो किन्दा भाले बेचेँ ।

ती भालेको माउ मैले एक किलो आँप ४० रुपियाँमा बेचेर चल्लैमा किनेको हो भनेर…

…यसरी अन्तर्वार्ता दिउँला भनेको…आँप त चिचिलैमा हावाले झारेछ !


-सरोज घिमिरे ‘कर्कट कस्यप’

 जुरोपानी झ्याप्स

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com