एक टपरा ज्ञान ! -अर्जुनबाबु दाहाल

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार २२:०५

 

-अर्जुनबाबु दाहाल
पाथिभारा आयुर्वेद अस्पताल

 

कुश र दुबाे दैलाेमा बिद्धुतिय दुस्प्रभाव हटाउछ भन्छु
रजस्वलामा दूध खाए पाठेघरमा समस्या बढाउछ भन्छु
गाईको गाेबरले घर लिपे किटाणु प्रबेश गर्दैन भन्छु
गाेमुत्रले कब्ज र कफ काे समस्या अाउन दिदैन भन्छु
यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !

अक्षय तृतीया सातु-सर्वत खाए पित्त समन गर्छ भन्छु
तिल-चाकु-तरुल माघे सक्रान्ती बर्षैभरि मधुमेह हट्छ भन्छु
ओखर ख्वाऊ तिहारमा दाजुभाईकाे- मेमाेरी बढ्छ भन्छु
क्वाँटी खाए जनै पूणिर्मामा सबै न्युट्रिसन पुग्छ भन्छु
यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !

छब्बीस दिन बर्षभरी निराहार बस्नु शरीरलाई फाइदा भन्छु
श्रावण महिना सबै साकाहारी बन्नु शरीर लाई काईदा भन्छु
तुलसी र पिपल पुजे प्रसस्त अक्सिजन पाईन्छ भन्छु
तामसी/राजसी भाेजनले स्व-जीवन सत्यनास गराईन्छ भन्छु
यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !

काँस या पित्ले भाडा राेज्नु खाना पकाउन भन्छु
निराेगी भई बाँच्न आल्मुनियमका भाँडा डाँडाकटाउ भन्छु
आइरनचक्की चाहिन्न किटकाे कराईमा पकाउँदा पुग्छ भन्छु
तामाकाे गाग्री भए पानीमा पि.एच. कायम हुन्छ भन्छु
यस्तै यस्तै उट्पट्याङ कुरा गर्ने म त एक टपरे रहेछु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com