हैट ! फेसबुकको यस्तोसम्म लत त कसैलाई नलागोस् !

प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार १४:३२

अनुकुल र विलकुलको घर एउटै टोलमा थियो । दुबैजना एकाबिहानै पैदल यात्रामा निस्कने गर्दथे । यात्राबाट फर्किदा बाटोमा फेसबुक चलाउँदै हिड्नु दुबैजनाको लत बनिसकेको थियो !

एकदिन अचानक फेसबुक चलाउँदै अनुकुल आएर बिलकुलको कोठामा पस्यो र सोफामा बस्यो । सोफामै बसेर सिरियल हेरिरहेकी विलकुलकी पत्नीले अनुकुलतिर हेर्दै हेरिनन् । आफ्नै पतिदेब ठान्दै चिया ल्याएर दिईन् । र, पुन: सिरियल हेर्न थालिन् ।

ठिक त्यसैबेला बिलकुल पनि फेसबुक चलाउँदै भित्र पस्यो, सोफातिर पुलुक्क हेर्यो ! सोफामा बसेर आफ्ना छिमेकी अनुकुलले चिया घुट्क्याई रहेको देख्नासाथ आश्चर्य मान्दै भन्यो- ‘हैट ! म त फेसबुकको सुरमा अनुकुलजीको घरमा पो आएँछु !’
माफ गर्नुस् है, भन्दै फर्किन्छन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com