ल पढ्नुस, मन हँसाउने यी चुट्किलाहरु

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार १०:०७

सुमन : (राजनसँग) ‘आजभोलिका बिद्यार्थीहरु त पुस्तक पढ्दा पढ्दै अल्छी लाग्यो भने मोबाइल खोलेर कुनै एप चलाउछन । उहिलेका बिद्यार्थी के गर्थे होलान् ?’

राजन : ‘उहिलेका बिद्यार्थीहरु पुस्तकको कभर लगाएको पत्रिकामा देखिने केटीको तस्विरमा जुँघा बनाइदिएर समय बिताउँथे !’

——————
बर्षौंसम्म प्रेम गरेका रोहन र जुनु अन्तिममा…

रोहान : ‘सरी जुनु, म तिमीसंग विवाह गर्न नसक्ने भएँ !’

जुनु : ‘किन र ?’

रोहान : ‘घरका कसैले मानेन् !’

जुनु : ‘भन त, नमान्ने को को हुन् ?’

रोहान : ‘मेरा छोरा-छूरी र बुढी !’
————-

शिक्षक : ‘रोहान, उसले भाँडा माझ्यो र उसले भाँडा माझ्नु पर्यो यी दुइ वाक्य बीचको भिन्नता छुट्याउ त ।’

रोहान : ‘सर, एक्लै थियो- भाँडा माझ्यो ! विहे गर्यो – माझ्नु पर्यो !’
—————

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com