आजका रमाइला चुट्किलाहरु पढ्नुस् र हास्नुस् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार १२:५२

गाउँबाट हालसालै शहर झरेका अजय एउटा विवाहको भोजमा सहभागी भएपछी…

संजय : ‘खाना सुरु भयो, हिड्नुस् खान जाउँ।’

अजय : हलमा पस्छन् । (किस्तीमा राखेको ग्रीन सलाद देखेपछी फनक्क फर्किएर बाहिर निस्कन्छन् !)

संजय : ‘किन खाना नखाईकन बाहिर आउनु भएको ?’

अजय : ‘तरकारी काटेकोमात्र रहेछ, पकाएकै छैन !’

—————–
संसदीय चुनावमा गोबर्धन निर्वाचन केन्द्र पुगेपछी…

अधिकृत : ( मतपत्र दिंदै ) ‘ल लिनुस्, स्वस्तिक लगाएर बाकसमा खासाउनुस् ।’

गोबर्धन : ‘स्वस्तिक छाप समाएर चुपचाप उभिई रहन्छन् !’

अधिकृत : ‘छिट्टो छाप लगाएर निस्किनुस् , किन अलमल ?’

गोबर्धन : ‘पख्नुस न, राति कसले ठर्रा खुवायो भनेर सम्झिदैछु !’

—————
एकजना लोभी र उसकी श्रीमती बाटोमा हिडीरहेको बेला…

श्रीमती : ‘तिर्खा लागेर मर्न लागेँ ! कम्तिमा पानी त किन्नुस् ।’

पति : ‘पानीका साथमा आलुचिप्स पनि त्याउँ कि ?’

श्रीमती : ‘आहा, मुखै रसायो ! ल न छिट्टो ल्याउनुस् ।’

पति : ‘स्यावास्  ! त्यही रस घुट्क्याएर तिर्सना मेटाउ न त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com