तपाईंको मन हँसाउने आजका चुट्किलाहरु

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार १०:१५

रमण बसमा यात्रा गरिरहेको बेला सँगैको सिटमा एकजना महिला अाएर बसेपछी…

रमण : ‘माफ गर्नु होला ! तपाईंले कुन पर्फिम लगाउँनु भएको छ, मलाई भन्न सक्नु हुन्छ ?’

महिला : ‘तपाईंलाई भन्नुपर्नेआवश्यकता छ र ?’

रमण : ‘त्यस्तो त होइन । वास्ना मिठो रहेछ, मेरी बढीलाई उपहार लगिदिउँ की भनेर ।’

महिला : ‘यस्तो नगर्नुस् महासय, दुनियाँका पुरुषलाई तपाईकी बुढीसँग बोल्ने बहाना बन्ने छ !’
=======

एकजना महिलालाई अपरिचित नम्बरबाट पुरुष स्वरमा टेलिफोन अएपछी…

पुरुष : हेल्लो, नमस्ते ।

महिला : तपाईं को हो र ? मैले तपाईलाई चिनेकै छैन !

पुरुष : पहिला मेरो कुरा त सुन्नुस्, म चिनाइहाल्छ नि ।

महिला : म विवाहीत महिला हुँ । घरमा चरित्रवान पति हुँदाहुँदै अपरिचित परपुरुषसँग कुरा गर्दिँन !

पुरुष : म पुलिस चौकीबाट बोल्दैछु । तपाईंका पतिलाई भेट्न यहाँ अाउनुस् । उनले केटी जिस्क्याएकोले समातिएका छन् !
======

शिक्षक : राजु, एउटा गधाका अगाडी एउटा भाँडोमा रक्सी र अर्कोमा पानी राखेको थियो । उसले क्सी छोडेर पानीमात्र खाएछ । हामी यसबाट के शिक्षा पाउँछौँ, भन त ?

राजु : रक्सी नपिउने जति सबै गधा हुँदारहेछन्, सर  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com