ल पढ्नुस, मन हँसाउने रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ३ असार २०७७, बुधबार १०:३१

पुराना प्रेमी र प्रेमीकाको अचानक भेट भएपछी…

केटी : ‘मलाई त तिम्रो खुब संझना आउँछ, तिमीलाई आउँदै ?’

केटा : ‘अस्ति एउटा सिनेमा हेर्दा चाँही तिम्रो याद आएक थियो ।’

केटी : ( खुशीहुँदै) ‘आहा ! सिनेमाको नाम के हो भन त ?’

केटा : किच्कन्याँ !
—————–

जुनुमैयाको अनुहार डढेकोले डाक्टरलाई देखाउँन गएपछी…

जुनुमैया : ‘डाक्टर सा’ब, मेरो अनुहार यस्तो भयो, के गर्दा ठिक हुन्छ ?’

डाक्टर : ‘बाहिरी छाला नै डढेको रहेछ, यसलाई पा्लस्टिक सर्जरी गर्नुपर्छ ।’

जुनुमैया : ‘प्लास्टिक सर्जरीलाई कति पैसा लाग्छ, डा’साब ?’

डाक्टर : ‘पचास हजार लाग्छ ।’

जुनुमैया : ‘प्लास्टिक म आफैँ ल्याउछु, सर्जरीकोमात्र कति लाग्छ, हजुर ? !’

——————

मापसेको लतमा फँसेका जब्बर डाक्टरको मा गएपछी…

जब्बर : ‘डाक्टर सा’ब, म अलि धेरै मापसे गर्छु । मलाई यसबाट छुट्कारा चाहियो ।’

डाक्टर : ‘दैनिक कति ‘पेग’ पिउने गर्नु भएकोछ ?’

जब्बर : ‘दैनिक पाँच पेग पिउँछु सर !’

डाक्टर : ‘यसलाई एक पेगमा सिमित गर्नुस, अलि ठिक हुन्छ ।’

जब्बर : ( एक महिनापछी ) ‘डाक्टर सा’ब, मैंले एक क्वाटरलाई एकै पेग बनाएर पिएको महिना बित्यो, अझै ठिक भएन त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com