खुकुलो लक डाउनमा कडा कडा लक अप !

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार ११:५६

 

-केशवराज गजुरेल

 

 

 

कोरोनाले देशैभरी जालो बुन्दैछ,
घरघरमै पुग्नेगरी बाटो खन्दैछ !
ठुलै बुद्धि लगाएर बाँच्नु पर्नेछ,
अझैपनी धरतीमा नाँच्नु पर्नेछ !

जनताको दुखेसोले दिन गन्दैछ,
लक-डाउन खुकुलो पारौँ भन्दैछ !
खुकुलोमा अझै सतर्क हुनुपर्दछ,
अपनाए सावधानी भलो गर्दछ !

मास्क लाउन भुल्नु हुन्न हात सधैँ धुनु,
अाफ्नै मामा देखेपनी टाढाअ टाढै हुनु !
टाढै बसी सेवा लिनु परैबाट दिनु,
पञ्जा लगाई सरसामान दिनु अनि लिनु न!

बिना काम लखर लखर बाहिर नजानु,
भोक लागे बाहिर फेर केही नखानु !
भिँडभाड राम-रमाइलो चट्टै छोड्दिने,
केही दिन फरक दुरी तिरै जोड्दिने !

उच्च राखि मनोवल अघि बढ्नुपर्छ,
अझै पनि यो धरतीमा केही गर्नु छ !
कोरोनाको कहरबाट रहर खोस्नु पर्छ,
यसैले नै हामी सबको भलैभलो गर्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com