‘बेसार विज्ञान’ र ‘अदुवा ज्ञान’बिच शान्ती सम्झौता !

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार २०:१९

 

-केशवराज गजुरेल

राष्ट्रियसभाको बैठकमा प्रधामन्त्रीज्यूले कोरोना चर्चा गर्नु भएछ । यसको ओखती बनि नसकेकोले अधिकतम सावधानी र घरेलु ओखती प्रयोगमा बल दिनु भएछ । रोगबाट जोगिएर आफ्ना काममा लागौँ भन्नुभए छ । तन-मनलाई मजबुत राख्न जागौँ भन्नुभएछ ! वहाँको थप कथन छ – ‘हामी नेपाली यसै पनि तगडा छौँ ! सकभर त कोरोना छेवै पर्दैन, परिहालेपनी नेपालीलाई  देख्नासाथ  भाग्नेछ ! किनकी हामीले जडिबुटी खाएका छौँ ! र, खाई रहनुपर्छ ।’

प्रधानमन्त्रीका यी भनाईलाई लिएर सामाजिक सन्जाल निकै गर्माएको पाइयो । ‘बेसार अदुवा दोकान खोल्न एउटा सटर चाहियो’, ‘संकटको बेला यही ब्यापार अपनाउने भइयो’,  ‘आजैबाट बेसार अदुवा खान थालियो’, आदि ईत्यादी पोष्टहरु भएका छन् ।

सत्य, व्यंग्य, ठट्टा, उछितो, उपहास जे भएपनी बेसार र अदुवाको प्रचार भएको छ । यो राम्रो कुरा हो । किनभने यी सब मानिसको स्वास्थ्यका लागि चाहिने कुरा हुन् ।

अब गरौँ आम मान्छेले गर्ने, बुझ्ने र भन्ने केही उपयोगी कुरा । प्रधानमन्त्री प्रति सदासयता राख्नेहरु भन्छन्- ‘यस्ता सानातिना कुरा विज्ञलाई बोल्न लगाए हुन्थ्यो !’ केहीले टिप्पणी गर्छन् – ‘कोरोनाको कहरमा आम जनतालाई हौसला बाँड्ने प्रधानमन्त्रीको रहर हो ! यसलाई जहर मान्नु हुँदैन ! किनकी जब औषधी नै बनेको छैन भने आफुसँग जे छ त्यसैमा रमाऔं भन्नु उनको पनि बाध्यता होला !

एकजना जीवनका सात दशक बिताएका बुज्रुकले भने – ‘प्रधानमन्त्रीज्यूले  घच्चिकै कुरा उठाउनु भयो । भएकै कुरा बोलेको हो । उनका कुरा पनि मान्दै जानुपर्छ । बेसार अदुवा सबैले खानुपर्छ !’

त्यसो हो भने प्रधानमन्त्रीको भनाइ र आयुर्वेदको निश्कर्षबीच विवाद बन्छ कि सम्वाद हुन्छ त ? औषध दर्शनमा बेसार र अदुवाको प्रयोगले हुने धेरै फइदा उल्लेख छन् । ति मध्ये यिनको प्रयोगले केवल कोरोना संक्रमण हुन सक्ने भित्रि भागलाइ पार्ने सकारात्मक प्रभावको बारेमामात्र छोटो चर्चा गरौँ ।

बेसार
१. बेसार, नुन र केही मात्रामा सर्स्युँको तेल मिलाएर बनाएको मल्हम औँलाको सहायताले दैनिक रुपमा गिजालाई मालिस गर्नाले पायरिया, मुखदुर्गन्ध र दन्तरोगका लागि औषधीको काम गर्छ ।
२. एक चम्चा बेसारको पाउडर, एक गिलास तातो दुधसँग घोलेर दैनिक रुपमा पिउनाले शरीरको रोगप्रतिरोधक क्षमता बढनुका साथै रुघा, खोकी, शरीरको दुखाइ, चोट र पिडामा पनि लाभ हुन्छ ।
३. आधा चम्चा बेसार लाई केहिबेर भुटेर महसँग मिलाएर लिनाले गला बस्ने र खोकीमट तुरुन्त लाभ हुन्छ ।

अदुवा
१.भोजनको सुरुका ३/४ गाँससँग अदुवाको टुकुचा खाएमा भोक जगाउँछ । खाना पछी केहि अदुवा खाएमा खाएको पर्दछ ।
२ . दुइ चम्चा अदुवाको रसमा थोरै मह मिलाएर खाएमा रुघा र खोकीमा लाभ हुन्छ ।
३. चिसोको कारण दाँतमा दुखाइ छ बने एक टुक्रा अदुवा दाँतमा च्यापी राख्नाले आराम मिल्ने छ ।
४. अदुवालाई भुटेर वा पोलेर चुस्नाले खाँसीको समस्यामा लाभ पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com