बहुमत आयो, बहुमत आयो….फुस्सा ! Headline Humor

प्रकाशित मिति: १७ असार २०७७, बुधबार ०९:५२

चीनविरुद्ध भारतले छेडेको ‘व्यापार युद्ध’, के पर्न सक्छ नेपाललाई असर ?
टिकटक चलाउन भारतबाट नेपाल छिर्नेको लर्को लाग्ने ।

नेकपा बैठक : प्रचण्डले ओलीलाई नैतिकता सम्झाए, ओलीले कुण्ठाको कुरा निकाले
हजुरबा पुस्ताको गनथनले नाति पुस्तालाई लाजको पसारो !

झलनाथ र बामदेवको एकै स्वरः ओलीकै योजनामा एमाले दर्ता
जवाफमा अोली : ‘धकेलेरै पाखा लाउन खोज्दैछौ, हुनसक्छ पार्टी दर्ता, ‘मर्ता तो क्या बिर्ता !’

‘तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु’: प्रधानमन्त्री
यस्तो लोभ नगर्नुस है,  चुनावले पनि आत्माहत्या गर्ला नि !

निधिसामू गले देउवा, अंगीकृत नागरिकतामा पुरानै अडान अनुमोदन
मधेशको भोट जोगाउने मेलो, देशको भोट सिद्ध्याउने खेलो !

बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा
अंशियारहरु बीच भागबण्डाको लडाईँ, छरछिमेकीलाई भयो हर्कबढाँईँ !

निर्वाचन आयोगमा एमाले दर्ताको निवेदनले बालुवाटारमा खैलाबैला
स्याल कराउनु सिँगारी हराउनु, गोठालाहरु डराउँदै बरबराउँनु भनेको यहि हो !

कैलालीमा २ लाख ५९ हजार नगदसहित ७ जुवाडे पक्राउ
पक्राउ पर्नेले भने – पक्राउ परेका होइनौँ, प्रहरीसँग कुरो र चुरो मिलाउन नभ्याएको हो !

नेकपा भित्रको लडाईंप्रती जनता के भन्छन् ?
पदीय स्वार्थका निम्ती हानाहान घुस्सा, बहुमत भयो हात्ती आयो फुस्सा !

 

फोटो सभार : सामाजिक सन्जालबाट 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com