पैसा न सैसा, किन आउँछ बैँस ?

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार १०:५१

 

 

 

सि.आर. अधिकारी

जन्मने बेलाको पात्रो देखि,
मृत्यु पछिको कात्रो सम्म,
बिना पैसा चल्दैन ।

जति बल-बुद्धिका कुरा गरे पनि,
माया-प्रेमको भर परे पनि,
बिना पैसा चुलो बल्दैन ।

रोग, भोक र शोकको भाषा,
दबाई, रोटी र साथको आशा,
पैसा नभए कसैले बुझ्दैन ।

आगो, पानी र माटो,
बिहान बेलुका हिड्ने बाटो,
पैसा बिनाको पैताला,
फिटिक्कै पाइलो सार्दैन ।

ठाम अनुसारको काम हुन्छ,
काम अनुसारको दाम हुन्छ,
अप्ठेरो अवस्थामा पैसा नभए!
मुटुले रगत समेत फाल्दैन ।

आधा बाटोबाटै फर्किन्छ सास,
श्वासनलीबाट स्वास छिरे पनि,
बिना पैसा फोक्सोले पनि फेर्दैन ।

जीवन निर्वाहको क्रममा,
पैसा साध्य हुँदै होइन,
तर पनि बिना पैसा,
मानव जीवन चल्दैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com