विद्यार्थीलाई मन पर्ने ताल ! आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २० असार २०७७, शनिबार २१:०१

शिक्षक : ‘तारा, तिमी आज किन ढिला आयौ  ?’

तारा : ‘मलाई बाटोमा एउटा केटाले पछ्याएकोले सर  !’

शिक्षक : ‘पच्छ्याउँदा त झन छिटो भाग्नु पर्ने कसरी ढिला भयो त ?’

तारा : ‘त्यो केटो नै लोसे रहेछ सर, एकदमै बिस्तारै पच्छ्यायो !’
________________

संगीत शिक्षक र विद्यार्थीबीच कुराकानी हुँदैगर्दा…

शिक्षक : ‘रोहन, तिमीलाई तालको  बारेमा थाह छ ?’

रोहन : ‘मज्जाले थाह छ सर !’

शिक्षक : ‘कुन तालको बारेमा राम्ररी जान्दछौ ?’

रोहन : ‘हड्ताल सर !’
____________________

ओजन र सोजनबीच को बढी लोभी भन्ने कुरामा तर्क हुँदैगर्दा…

ओजन : तैंले गफ नगरे हुन्छ, म जति लोभि तँ छँदैछैनस् !
मैंले त हनिमुनमा पनि ,बुढीलाई नलगि साथीसँग घुम्न गएँ !

सोजन : तँ के लोभी यार ! मैंले त बुढीलाई हनिमुन मनाउन साथीसँग पठाइ दिएँ !
________________

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com