मुसा डुबेको मोही र जुरुक्क उठेको लाश ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: २४ असार २०७७, बुधबार ०८:५०

एकजना लोभी बाबुले आफ्ना तिनजना छोरालाई सधैँ मितव्ययी बन्न सिकाएछन् । बुबाको प्रेरणाबाट छोराहरु समेत निकै लोभी र मितव्ययी भइसकेका थिए ।एकिदिन बाबु अचानक बेहोस भएकाले छोराहरुले बाबु ठिक नहुने निश्कर्ष निकालेछन् । बाबुको इच्छामुतावीक कसरी थोरै भन्दा थोरै खर्चमा अन्त्यष्टी गर्न सकिन्छ भनेर सल्लाह गर्न सुरू गरेपछी

जेाठो : ‘अब एम्बुलेन्समा राखेर घाट लैजानेबारे सोचौँ । सबैभन्दा सस्तो यसैमा हुन्छ होला !’

माइलो : ‘त्योभन्दा सस्तो त ठेलागाडीमा लैजाऔँ ! यो सस्तो हुन्छ ।’

कान्छो : ‘किन ठेलागाडीको झन्झट गर्ने ? घरमै भएको साइकलमा बाँधेर लैजाऔँ !’

यति सुनिसकेपछी लोभी बाबुले जुरुक्क उठेर भन्यो – ‘तिमीहरुले केहि गर्नु पर्दैन । मेरा सर्ट पैन्ट र जुत्ता ल्याइदेओ, म आफैँ हिडेर जान्छु !

@@@@@@@

एकदिन एकजना यात्रुले बाटो छेवैको घरमा पसेर पानीको प्यास मेट्ने इच्छा राखेछन् । घरमा सानो बच्चामात्र रहेको बेला

बटुवा : ‘बाबु, पानी पिउँन दिन सक्छौ ?’

बच्चा : ‘पानी त छैन, मोही पिउँनु हुन्छ ?’

बटुवा : आहा झन राम्रो ! ल ल हुन्छ ।

बच्चा : (एक भाँडो मोही र एउटा लोटा दिँदै ) ‘ल लिनुस् , जति खाएपनी हुछ ।’

बटुवा : ( चार लोटा मोही पिएपछी ) ‘तिम्रो घरमा कसैले मोही पिउँदैन ?’

बच्चा : ‘सधैँ त हाम्रा बुबाले भाँडै रित्याउने हुन्थ्यो, अाज चाँही मोहीमा छुचुन्द्रो डुबेकोलेमात्र रहेको हो !’

बटुवा : ( लोटा भुइँमा पछार्दै ) ‘बद्मास बच्चा !’

बच्चा : ( कुच्चिएको लोटा समाएर रुँदै) ‘अब के मा पानी लिएर ट्वाइलेट जाने होला !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com