ईन्डियन ‘फेकन्युज’को बिरुद्ध नेपाली ‘केकन्युज’ ! Headline Humor

प्रकाशित मिति: २५ असार २०७७, बिहीबार १२:३२

ठगी र सिन्डिकेटमा मुछिएकाहरू भित्रिए वैदेशिक रोजगार बोर्डमा
यसै त बाँदर, त्यसलाई पनि लिस्नु लगाईदिएपछी के  चेप्टिने नै भयो नि !

कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्
अर्थात् कार्यतालिका अब ‘बाच्यतालिका’ मा नै सीमित  हुने सम्भावना बढ्यो !

माधव पक्षको शंका : बालुवाटारमा फेरि चोचोमोचो…
अर्थात्  केपीको ‘चोचो’ र प्रचण्डको ‘मोचो’ मिलेपछी होचो माधवको मुखमा घोचो !

प्रदर्शनको सिर्जनात्मक शैली: बेसार, कविता र सुट पाइन्ट
बिरोधमा देखिएको नयाँ हाउभाउ, सडकबाटै चाँडै लोकप्रिय हुने दाउ !

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
जेलमा खाना ल्याउने छोरो हुर्काएर मात्र आत्मसमर्पण गरेको होला !

ओली, प्रचण्ड-नेपाल पक्षका तर्क बटुलेर गाउँसम्मै नेकपा कार्यकर्ता विभाजित
‘गुट नै बल हो, एकता छल हो ।’ – नेकपा (गुटाले)

‘नेकपामा अस्थायी युद्धविराम’,  छलफल अब ‘नयाँ ढाँचामा’
नयाँ ढाँचा हैन, अब सिधै नयाँ ढिच्याउँ होलाजस्तो छ ।

भारतीय मिडियाद्वारा प्रधानमन्त्री ओली चिनियाँ राजदुत यान्छीको फोटो दुरुपयोग गरेर अश्लील र भद्दा मजाक
फेकका जवाफ देख’ भनेर उर्लिनु पर्ने बेलामा  नेपाली मिडियाहरु बेपत्ता !

ईन्डियन फेकन्युजको दर्हो जवाफ दिनुपर्ने बेलामा नेपाली मिडिया के गर्दैछन् ?
फेकन्युजको जवाफ कसरी दिने भनेर सोध्दै होलान् ! सजिलो छ- फेकन्युज भर्सेज केकन्युज ! काट्नु पर्यो क्या केकजस्तै फेकलाई पनि ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com