सिधा प्रश्न छड्के उत्तर ! – आजका रमाइला ठट्यौलीहरु

प्रकाशित मिति: २७ असार २०७७, शनिबार ११:३३

चम्पा हिलोमा चिप्लिएर लडेपछी…

अंकीता : ‘हा हा हा !  किन तनाव लिएकी ? उठ् न यार ।’

चम्पा : ‘म लडेको देख्दा तँलाई हास्नु पर्छ त ?’

अंकीता : ‘हासेकी हइन, तेरो पिडा कम बनाउने कोसिस पो गरेकी हुँ ।’

चम्पा : ‘तैंले हासेर उडाउँदा मेरो पिडा कम हुन्छ ?’

अंकीता : ‘अवश्य हुन्छ । मैंले हासेपछी तँ मलाइ गाली गर्न थाल्नेछेस्, लडेको पिडा भुल्नेछेस् !’

@@@@@@@@

निकीता : ( अंकितासँग ) ‘म त विवेकसँग विहे नगर्ने भएँ यार !’

अंकीता : ‘किन, उसलाई अरु कसैसँग देखिस् र ?

निकीत : ‘कहाँ उसलाई देख्नु, उसले चाही मलाई मेरो एक्ससँग क्या  !’

@@@@@@@@

शिक्षक : ‘रोहन, तिमी ठुलो भएपछी के गर्छौ ?’

रोहन : ‘विहे गर्छु सर !’

शिक्षक : ‘हैन क्या, मेरो मतलव तिमी के बन्छौ ?’

रोहन : ‘ए… बेहुलो बन्छु, सर !’

शिक्षक : ‘कुरै बुझेनौ  ! ठुलो भएर के हासिल गर्छौ ?’

रोहन : ‘बेहुली !’

शिक्षक : ‘हैट ! कस्तो नबुझेको ? तिमी ठुलो भएपछी बाबु-आमालाई के दिन्छौ ?’

रोहन : ‘बुहारी, सर !’

शिक्षक : ‘बद्मास् ! मेरो आशय, तिमी ठुलो भएपछी तिम्रा बा अामाले के चाहन्छन ?’

रोहन : ‘नाती !’

शिक्षक : ‘बेबकुफ ! जीवनको अन्तिम मक्सद के हो ?’

रोहन : ‘दुई बुढा-बुढी, दुई छोरा-छोरी !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com