ओम्नीलाई होम्नी को हुन् – कर्मचारी कि मन्त्री ?

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार ०९:२५

प्रधानमन्त्रीलाई थकित देखेपछि प्रचण्ड खुमलटार फिर्ता
प्रचण्डलाई देखेपछि थकित भएका हुन् कि भन्ने आशंका !

परराष्ट्रको स्पष्टीकरण : ‘अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन ।’
वहाँ नेतामात्र होइन, उखानाकार पनि हो भन्ने कुरा बुझिदिन आग्रह !

ओम्नीसँग विवादास्पद सम्झौता : मन्त्री कर्मचारीलाई देखाउने, कर्मचारीले मन्त्री !
ओम्नीलाई नै सोधौं न, दुधको दुध पानीको पानी उसैले भनिहाल्छ नि, चक्कर के हो !

काइँयो र कैंची र छुरा लिएर सैलुन व्यवसायी सडकमा
कपाल काट्दा कोरोना नसर्ने सरकारी निर्णयको पर्खाइमा !

दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह
क्षमा हि शरणम् गच्छामी, भज बुद्धम् शरणम् गच्छामी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com