आजका हेडलाईन ह्युमर !

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार ०९:०५

प्रचण्ड र माधव नेपालले ओलीलाई भने : ‘प्रधानमन्त्रीबाट राजीनामा दिनुस् ।’
जवाफमा ओलीले भने : ‘तातोपानी दिइन्न, चिसो पानीले नुहाउन तयार हुनुस् !’

‘कोरोनाको कमाण्डर’ बादल हुनुपर्ने, ईश्वर पोख्रेल किन ?
वादलबाट सर्ने सम्भावना भएकोले ईश्वरलाई यो जिम्मेवारी हुनसक्ने !

अयोध्याबारे भारतले भन्यो : ‘नेपालले स्पष्टीकरण दिइसक्यो, थप टिप्पणी नगरौं !’
इसका मतलव, बोल्ने के लिए नेपालमे प्रशस्त एजेन्ट रखें हैं , यहाँ बोलना जरुरी नही है ।’

केन्द्रीय समिति बैठक बोलाउनु पर्ने खुमलटार भेलाको निष्कर्ष
खुमलटारका कुरा पुरा हुन नदिने बालुवाटारको ईस्-कर्ष !

नर्भिक र ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न हिजो अनुमति, आज रद्द !
फिर्ता लिने बानी परेको कोरोना नीति !

केन्यामा १२ वर्षे बालिकाको एक महिनामै दुई जनासँग बिहे
गरिवीको उपज पती रोज्ने होइन, रोटी खोज्ने बाध्यता !

बहिनीलाई बचाउन ६ वर्षका बालक कुकुरसँग भिडे, अनुहारमा ९० टाँकाः वर्ल्ड बक्सिङ काउन्सिलको उपाधि प्रदान
बधाई छ, अमेरिकामा जन्मियौ र मात्र, नेपालमा भएको भए चन्दा उठाउदै हुने थियौ !

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
आहा ! हल्लै नभएको भन्सारमा यति राम्रो सल्लाह भएछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com