सुकिलालाई महँगो मैलालाई सस्तो ! – आजका रमाइला चुट्किलाहरु

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहीबार ०९:२७

 

लोभी रोहन एकदिन तरकारी किनेर आएपछी श्रीमतीसंग कुरा गर्दैगर्दा…

रोहण : हेर न, अस्ति सुट पैन्ट तरकारी किन्न गएँ, महँगो मूल्य तिर्नु पर्यो !
आज मैला कपडा लगाएर जाँदा धेरै सस्तो पाएँ नि !

श्रीमती : अब कमण्डलु बोकेर जानुस्, सित्थै दिन्छन् !

———————-

एकदिन अम्बरले पढाइमा अल्छी र ब्यबहारमा धुर्त्याईं गर्ने आफ्नो छोरालाई पढ्न प्रेरित गर्दै भनें…

अब्वर : सुन छोरा, जब अब्राहम लिंकन तिम्रो उमेरका थिए नि, दुनियाँलाई इर्स्या हुनेगरी पढ्ने गर्दथे, कुरा बुझ्यौ ?

छोरा : कुरा योपनि सत्य हो नि बुबा, हजुरको उमेरमा त उनि युनाइटेड स्टेटको राष्ट्रपति भई सकेका थिए !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com