डाक्टरको एउटा गल्ती र रगतको बदला कार उपहार ! – आजका रमाईला चुट्किलाहरु

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार ०९:१७

रोहन : ‘तिम्रा हात किन यस्ता काला भएका शोहन ?’शोहन : ‘मेरी श्रीमतीले सरकारी जागिर खाएकोले यार !’

रोहन : ‘उनले जागिर खानु र् तिम्रा हात काला हुनुको अर्थ ?’

शोहन : ‘ डेक्ची ड्राइभर मलाई जिम्मा लाएकोले यार !’

————————————————–

रुची : (पिङ्कीसँग ) ‘अख्तियारले मेरो भविश्य कालोक बनायो यार !

पिङ्की : ‘किन, तँलाई कुनै सोधपुछ गर्यो र ?’

रुची : ‘मलाई कहाँ हुनु नि ! हुनेवाला ससुराको सम्पती नै जफत गर्यो नि !’

————————————————————–

प्रल्हाद : ‘डाक्टर सा’ब, तपाईँले बर्षौँको सेवाका क्रममा अाफुबाट कुनै गल्ती भएको महशस् गर्नुभएको छ ?’

डाक्टर : ‘हो , एउटा सानो गल्ती भएको छ । मैंले एकमा विरामीसँग रु १०० मात्र जाँच फिस लिएँ । पछी देख्दा त  उसँग ५०० सयको नोट पनि रहेछ !’

——————————————————-

एकदिन एकजना पञ्जावी बिरामी परेछन् । अर्का एक मारवाडीले उनका लागि रगत दिएछन् । पञ्जावी खुशी भएर मारवाडीलाई एउटा कार उपहार दिएछन् ।

तिनी फेरी विरामी परेछन् । उनै मारवाडीले पुन: रगत दिएपछी पञ्जावीले स-धन्यवाद मिठाइ दिएपछी

मारवाडी : (रिसाउँदै ) ‘ कार उपहार पहिले, जाबो मिठाइ र धन्यवाद ऐेले ?’

पञ्जावी : पञ्जावी रगत दौडिन्थ्यो पहिले, मारवाडी रगत फेरियो ऐले, त्यसैले !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com