मोबाइलका कारण लक्ष्मीप्रसादलाई पर्‍यो फसाद !

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ०८:४४

-लक्ष्मीप्रसाद ढकाल

 

 

जमाना पनि कस्तो आयो ? बाउ फेसबुकमा आमा स्काइपमा !
जमाना पनि कस्तो आयो ? छोरो गुगलमा छोरी युट्युबमा !
एउटै घरको एउटै कोठामा घरमा चारजना चारदिशामा !
थाहा होला नि – बरु बिग्रेको मोबाइल सजिलै बन्ला !
अँ हँ, मोबाइलले बिगारेको मान्छे सजिलैे बन्दैन ।

क्यानडामा बस्ने साथीले सोध्छ – खाना खानुभयो ?
अमेरिकामा बस्ने मित्रले प्रश्न गर्छ- आराम हुनुहुन्छ ?
कोरियामा बस्ने साथीले उत्तर खोज्छ – के छ खबर ?
कतार र दुबईमा बस्ने साथीले जान्न चाहान्छ- कस्तो छ ?
मलेसियामा बस्नेले बुझ्न चाहान्छ – सपरिवार ठीक हुनुहुन्छ नि ?
कसलाई के उत्तर दिऊँ , कथाभित्रको व्यथा आफूसँगै  हुन्छ ।

कसले आविष्कार गर्यो यो मान्छे अल्झाउने भाँडो ?
कसले बिस्तार गर्यो यो ब्यथा बल्झाउने ठाँडो  ?
यो गुगलको, युट्युवको, फेसबुकको, इन्स्ट्राग्रामको !
इमोको, भाइबरकोम ट्विटरको, ह्वाट्स्यापको ?
स्नाप च्याटको, टिकटकको, जुमको, मेसेन्जरको ?
ईमेलको,  , जिमेलको र फिमेलको !!

बरु ओथारो बसेको कुखुराको पोथी बाहिर निस्केला
घरका सबै सदस्य गुप्तवास !

एउटै घरमा चारजना चतुर्मुख,
ब्रह्माको जस्तो चारतिर मुख
कसैलाई कसैको मतलब छैन ,
के जमाना आयो भगवान् !
केको आविष्कार गर्यौ भगवान् ?
बरु बिग्रेको मोबाइल  सजिलै बन्ला
अँ हँ ! मोबाइलले बिगारेको मान्छे सजिलै बन्दैन ।

कोही चिनजानको  मानिस घरमा आयो सन्चोबिसन्चो सोध्दैन,
आई . डी सोध्छ , पासवर्ड माग्छ  केही बोल्दैन,
अनि सर्च गर्छ –  गुगल , युट्युव आदि ईत्यादि ।
अनि भन्छ  – खै केके केके !

कुरो केही बुझे त मरिजाऊँ,
के गर्नु ?
बिग्रेको मोबाइल मर्मत गर्दा सजिलै बन्ला
अँ हँ ! मोबाइलले बिगारेको मान्छे सजिलै बन्दैन ।

छोरोले फुटबल, भलिबल, डण्डिबियो बिर्सियो,
खेल्छ ल्याबटपमा पब्जी, फिफा, लुडो र तास,
छोरी पढाइसढाइ छैन, बनाउँछे टिकटक,
बुढि युट्युब हेरेर गरिबस्छे मेकअप !

लोग्नेलाई फेसबुक भएपछि के नै चाहियो र ?
बरु ओथारो बसेको पोथी बाहिर निस्केला
तर घरका एकसे एक सदस्य गुप्तवास !
को आयो को गयो अत्तोपत्तो छैन
बिग्रेको मोबाइल सलिलै बन्ला
अँ हँ ! मोबाइलले बिगारेको मान्छे बन्दैन ।

* अस्तु : *
कमल गाउँपालिका-२, क्याम्पा बजार ( झापा )

 

( फोटो सभार : सामाजिक सन्जाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com