वामदेव निवासमा प्रधानमन्त्री, ढोकैमा आईपुग्यो कोरोना Headline Humor

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १०:०२

बुबा सूर्यबहादुरले काँग्रेससँग ६७ वर्षअघि तोडेको नाता मैले जोडेँ : सुनील थापा
अर्थात, ढोडको बैसाकी छोडेर कटबाँको लठ्ठी जोड्ने प्रयास गरेको हुँ !

काठमाडौं उपत्यकामा ५३ जनामा संक्रमण पुष्टि, नाकामा ४८ सयको स्वाब संकलन
काठ्माण्डौवासीको चैनको स्वासमा ह्रास अाउने खतरा !

न्यायालयमाथि बारम्बार उठ्ने प्रश्नको समाधानको बाटो के
मनलाई सत्कर्ममा मोड्नु पर्छ,द्रव्यदक्षिणा छोड्नुपर्छ !

‘दूधमा चिनी घुलेर बसेझैं कांग्रेसभित्र मिलेर बस्नेछौं’ : पुर्व राप्रपा नेता सुनिल थापा
‘बिर्कोमा लाको काङ्ग्रेसमा कसरी घुस्यो कमिलो ?’ -काङ्ग्रेस पुर्व नेता गो.रा.जोशी

‘अहिलेको झगडा पदका लागिजस्तो मात्रै देखिनु दुर्भाग्य’ : नेकपा नेता भीम रावल
किनकी यो झगडा पदका लागि होईन, पहुँचका लागि हाे ।

ट्रम्पले फेरि भने- ‘कोरोनाको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी’
रिपिटेड जोक बाई प्रेसिडेन्ट !

कोरोनाले बजायो खतराको घण्टी, घरदैलोसम्म आइपुग्यो !
स्वास्थ मन्त्रीको ‘घरमा पाहुना आएका’ले त्यतातिर चाँडै पुग्ने सम्भावना !

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री
दुबै मिलेर राँगाे नियन्त्रण गर्ने सहमती !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com